Rule 176
अनुदान रकम माग गर्ने
जिल्ला शिक्षा कार्यालयले आगामी आर्थिक वर्षमा विद्यालयको लागि आवश्यक पर्ने अनुदान रकम मन्त्रालयले तोके बमोजिम प्राथमिक तह, निम्न माध्यमिक तह तथा माध्यमिक तहको लागि छुट्टाछुट्टै विवरण तयार गरी माघ मसान्तसम्ममा विभाग र मन्त्रालयमा माग गरी पठाउनु पर्नेछ ।